Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बुधबार त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् ।

यो खेल हार्नेको एनपीएल यात्रा यही सकिनेछ । जित्ने टोलीले फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । जारी प्रतियोगितामा चितवन र काठमाण्डू दोस्रोपदक भिड्दै छन् । लिग चरणमा काठमाण्डूले १० रनको जित निकालेको थियो ।

खेलमा दुवै टोली जित निकाल्दै क्वालिफायर्समा स्थान बनाउने लक्ष्यमा हुनेछन् । काठमाण्डूले तेस्रो शीर्ष टोलीको रूपमा इलिमिनेटरमा स्थान बनाएको हो । टोलीले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो ।

यता, चितवन भने चौथो स्थान हासिल गर्दै इलिमिनेटरमा प्रवेश गरेको थियो । टोलीले सात खेलबाट समान तीन जित र हारसहित सात अंक जोडेको थियो । टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं