Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

विराटनगर । बराह बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन तथा ठगी प्रकरणमा पक्राउ परेका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र कर्मचारी अस्मिता भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई बुधबार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सहकारीका संस्थापक ४५ वर्षीय विश्वकर्मा र ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्।

प्रहरीका अनुसार बराह सहकारी ठगी प्रकरणमा १७ हजार १० जना बचतकर्ता पीडित छन्। ४ हजार २४३ जनाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।

पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं