काठमाडौँ । झापामा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा
शिवसताक्षी नगरपालिका-४, विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बनेश्वरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
