Lite Nepal

मंगलबार, कार्तिक १६, २०७८

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएका छन् । उनलाई संविधानको धारा १६८ उपधार २ बमोजिम प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । केहि बेरमा उनलाई पद तथा गोपनीयताको सपथ खुवाउने तयारी भएको छ ।

भिम आचार्यले हिजो राजीनामा दिएपछि राईलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश सभामा रहेका ४९ जना सदस्यले हस्ताक्षर गरेर हिजो नै मुख्यमन्त्रीको रुपमा राईको दावी पेश गरेका थिए ।

यी अनुहार बन्दैछन् मन्त्री
कांग्रेसका तर्फबाट केदार कार्कीले आन्तरिक मामिला मन्त्रीको रुपमा सपथ लिने भएका छन् । कार्कीको नेतृत्वमा कांग्रेस प्रदेश १ सरकारमा गएको हो । दलका उप नेता हिमाल कार्कीको नेतृत्वमा सरकारमा जाने की केदार कार्कीको नेतृत्वमा सरकारमा जाने भनेर कांग्रेसले टुंगो लगाउन सकेको थिएन ।

दिनभरीको रस्साकस्सीका बिचमा कांग्रेसले केदार कार्कीको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । विराटनगर स्थित परपलहेज रिर्सोटमा भएको गठबन्धनको बैठकपछि भौतिक मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय कांग्रेसलाई दिने सहमति भएको छ । कांग्रेसका तर्फबाट हिमाल कार्की भौतिक पुर्वाधार विकास मन्त्री बन्ने छन् ।

यस्तै माओवादी केन्द्रको भागमा भने आर्थिक मामिला मन्त्रालय परेको छ । आर्थिक मामिला मन्त्रीको रुपमा इन्द्र आंवोले सपथ खाने छन् । यस्तै जसपाको भागमा सामाजिक विकास मन्त्रालय परेको छ । जसपाका तर्फबाट जयराम यादब मन्त्री बन्ने छन् । गठबन्धनमा रहेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्वाहाम्फे समाजिक विकास राज्यमन्त्री बन्ने पक्का भएको छ ।

आफू राज्यमन्त्रीको सपथ खान प्रदेश प्रमुखको कार्यालयमा जाँदै गरेको तुम्वाहाम्फेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं