Lite Nepal

बुधबार, कार्तिक १७, २०७८

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवशेनले विधान महाधिवशेनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान प्रस्तावको अपनत्व ग्रहण गर्ने छ। सचिव एवं एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगबाट पारित भएका तीन वटै दस्तावेजको राष्ट्रिय महाधिवेशनले अपनत्व ग्रहण गर्ने स्पष्ट पारे।

‘महाधिवेशनको उद्घटन सत्रपछि तीन वटै प्रस्ताव टेबल हुनेछन् । ती प्रस्तावको महाधिवशेनले अपनत्व ग्रहण गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ’, उनले भने। उनले वैचारिक शुन्यताको महाधिवेशन नभएको बताए। ‘यो वैचारिक शुन्यताको महाधिवेशन होइन, दुई वटै महाधिवशेन एउटै हो’, उनले भने, ‘विधान महाधिवेशनको राष्ट्रिय महाधिवेशन अपनत्व ग्रहण गरिनेछ।’

उनले राष्ट्रिय महाधिवेशनको मुल कार्यभार नेतृत्व चयन नै भएपछि विधान महाधिवेशन र राष्ट्रिय महाधिवशेनका बीचमा कुनै नयाँ विषयवस्तु आएमा समेट्न सकिने उनको भनाइ छ। विधान महाधिवेशनले पारित गरेका राजनीतिक, सांगठानिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा सांगठानिक जगमा एमाले थप सुदृढ र एकताबद्ध गर्न दसौं राष्ट्रिय महाधिवेशनले ठोस रुपमा मार्गदर्शन गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा