काठमाडौं । नेकपा एमाले सचिव योगेश भट्टराईले सचिवमै आफ्नो दाबी स्वाभाविक रहने बताएका छन् ।
उपाध्यक्ष पदमा आफूले दाबी गर्ने बेला नभएको र त्योभन्दा तलको पदमा आफूभन्दा ‘सिनियर’हरू रहेकाले सचिवमै दाबी रहने उनले बताए ।
एमालेको विधानअनुसार अध्यक्ष, वरिष्ठ नेता र एक वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव पदाधिकारी रहन्छन् ।
‘अहिले नै म उपाध्यक्षमा जान सक्ने ठाउँ छैन । त्योभन्दा तलका ठाउँमा कतिपय सिनियर साथीहरू पनि हुनुहुन्छ। त्यो सबै कुरा ख्याल गर्दै देशभरिका प्रतिनिधि साथीहरूको पनि राय लिएर म एक–दुई दिनभित्र उचित निर्णय गर्छु,’ सचिव भट्टराईले भने ।
पार्टीका समकालीन नेतामध्ये सबभन्दा वरिष्ठ र पार्टीको अध्यक्षसमेत भएकाले केपी ओलीलाई फेरि पनि अध्यक्षको रूपमा हेरिएको उनको भनाइ छ ।
नेकपा एमालेमा रहेका नेतामा केपी ओली सबैभन्दा वरिष्ठ नेता भएकाले अब पुनः ओलीमा नै सहमती सम्भावना ज्यादा रहेको उनले बताए । तर, पार्टीमा अरूलाई पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने छुट रहेको उनले बताए ।