Lite Nepal

बुधबार, मंसिर ०८, २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ ।

उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको भन्दै शर्माले भने,’आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं