Lite Nepal

शनिबार, मंसिर २५, २०७८

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक शनिबार दिउँसो बस्दैछ। एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्न लागेको हो।

शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका तय भएपनि १ बजेसम्मका लागि समय सारिएको हो।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने जानकारी दिए। चितवनमा सम्पन्न दसौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ कमिटी गठन भएको छ। नवनिर्वाचित कमिटीको पहिलो बैठक चितवनमै बसेको थियो।

तामाङका अनुसार केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद्को गठन र कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान लगाएतका विषय बैठकका एजेण्डामा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं