Lite Nepal

बिहिबार, चैत्र १७, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा माओवादी केन्द्रबाट निर्वाचित भएका एक वडाध्यक्ष र माओवादि केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्यसहित ५३ जना एमालेमा प्रवेश गरेका छन् ।

तराइका विभिन्न जिल्लामा माओवादी केन्द्रसहित अन्य पार्टी परित्याग गरी जनप्रतिनिधि नै एमालेमा प्रवेश गर्ने लहर चलिरहेको समयमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका ५ का माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कमरेड सन्तोष आङ्वुहाङ र माओवादि केन्द्रका जिल्ला कमिटी सचिवालय सदस्य सुर्य आङ्वुहाङ एमालेमा प्रवेश गरेका हुन् ।

 

यस्तै अनेरास्ववियु समाजवादी विद्यार्थी संगठन जिल्ला कमिटी सचिव तुलसी भट्टराई सहित ५३ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गरि नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गर्ने सबैलाई एक कार्यक्रमका बिच पाटीमा स्वागत गरिएको नेकपा एमाले ताप्लेजुङले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं