Lite Nepal

बिहिबार, जेठ १२, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गर्नुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले प्रमुख प्रतिपक्ष दल जहिले पनि गभर्नमेन्ट इन वेटिङको रूपमा हुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा एमाले इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो ।’

उहाँले एमाले बहुदलपछि फुत्त आएको पार्टी होइन संघर्षबाट आएको पार्टी भएको स्पष्ट पार्नुभयो । उहाँले सत्ता गठबन्धनले प्रतिपक्षलाई सिध्याउने भन्दै स्थानीय तहको निर्वाचनमा राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर सरकारले पेल्ने काम गरिएको उहाँको भनाई थियो । पूर्वप्रधानमन्त्री ओलीले सरकारको परराष्ट्र नीति लाचार बनेकोसमेत टिप्पणी गर्नुभयो ।

उहाँले नीति तथा कार्यक्रम अस्थिरताको घोषणापत्रका रूपमा आएको दाबी गर्नुभयो । ओलीले भन्नुभयो, ‘नीति तथा गठबन्धन सरकारको आफ्नो होइन कुनै प्रतिवेदन वा अवधारणापत्रलाई साभार गरिएको जस्तो छ, फरक–फरक पार्टीले ल्याएका कार्यक्रम टिपेर राखिएको छ, व्याकरण पनि मिलेको छैन ।’ उहाँले यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट बनाइएको घोषणापत्र भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं