Lite Nepal

शनिबार, जेठ १४, २०७९

काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले कांग्रेस सांसद गगनकुमार थापाले संसदमा दिनुभएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ ।

स्वास्थ्यमा देखिएको समस्याका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बसेर गर्नुभएको सम्बोधनलाई थापाले व्यंग्य गर्नुभएको थियो । यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गनुएभएको छ ।

स्वास्थ्यका कारणले बसेर सम्बोधन गरेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गर्नुले थापामा मानवता हराएको देखिएको उहाँको टिप्पणी छ ।

‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु । तपाईप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ । तर तपाइँ आज प्रतिपक्षी नेता स्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईमा पनि गठबन्धनको मोहले मानवता हराउन लागेको हो कि भन्ने भान भयो,’ उहाँले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं