Lite Nepal

सोमबार, आषाढ १३, २०७९

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले ११ बुँदामा माधवकुमार नेपालसँगको सम्बन्धलाई स्मरण गरेका छन्। भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टिएको कुनै पछुतो नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले आफू अन्ध समर्थक र अन्ध विरोधी नभई मार्क्सवादी चेत भएकाले सबैलाई मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरुप्रति मेरो सदा सम्मान छ। र मैले कमरेड माधव नेपाललगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछु। म कसैको अन्ध समर्थक र अन्धविरोधी होइन।’

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले तत्कालीन समयमा एमालेमा विद्रोह गर्दा साथमा रहेका नेतालाई कथित १० भाईको संज्ञा दिँदै उहाँहरुका अभिव्यक्तिहरु सुन्न लायक नभएको टिप्पणी गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो,‘यी कथित १० भाइका अभिव्यक्ति म सुन्दैछु। अझै पनि उनहरुको दिमागबाट नशा उत्रिएको छैन। तथानाम जथाभावी लेखिरहेका छन्। दासोचित ढंगले त्यहाँ बसिरहेका छन्। कुनै मूल्य र मान्यता उनीहरुको छैन।’

उक्त भनाईलाई भट्टराईले खण्डन गर्दै नेपालले हामीमाथि पटक पटक भद्धा र अशिष्ट टिप्पणी गरेपनि सम्मानका लागि कुनै टिप्पणी नगरेको प्रस्ट्याउनुभयो। सोमबार उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो। अनि मैले उहाँकै हित हुने गरी जीवन उपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरुको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरु खुशी हुने गरी म भन्न चाहन्छु( कमरेड माधव नेपाल दुईसय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ।’

भट्टराईले २०५३ सालमा आफू अखिलको अध्यक्ष हुँदा नेपाल पार्टीको महासचिव रहेको र त्यो बेला नेपालको दैनिक दबाब र असहयोगका कारण मैले राजीनामा दिएको स्मरण गर्नुभयो। भट्टराईले पाँचौ महाधिवेशन (२०४९) मा नेपाल अन्तिमतिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको तर आफूहरु सुरु देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेको समेत बताउनुभयो। भट्टराईले नेपाललाई एमालेको छैठौं महाधिवेशन र आठौं महाधिवेशन नदिएको तर सातौं महाधिवेशन, नवौं महाधिवेशनमा साथ दिएको समेत उल्लेख गर्नुभयो ।

नेपालले प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्दा नमानेको उहाँको भनाई छ। भट्टराईले नेकपा एमालेको विभाजन कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने बुझेर साथ नदिएको बताउनुभयो ।

सोमबार काठमाडौं-धनगढी हवाई यात्राको क्रममा भट्टराईले नेपाल र आफ्ना सम्बन्धका बारेमा ११ बुँदामा यसरी स्मरण गर्नुभएको छ ।

१, पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ। त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु।

२, उहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु। उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन् र यो जारी रहने छ।

३, नेकपा एमालेको पाँचौ महाधिवेशन ९ २०४९ ० मा उहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो। हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौ।

४, छैठौं महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थिएन।

५, सातौं महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिव हुनुभयो। मेरो समर्थन उहाँलाई थियो।

६, आठौं महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो। हामी उहाँसँग लागेनौं।

७, नवौं महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौं। जित्नु भएन।

८, प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन।

९, नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिने। त्यसमा मलाई पछुतो छैन।

१०, २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। उहाँ पार्टीको महासचिव। उहाँ र मेरोबीचमा समस्या उत्पन्न भयो। उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएँ।

११, म मार्क्सवादी चेत भएको मानिस हुँ। मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ। गुरुहरुप्रति मेरो सदा सम्मान छ। र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछ। म कसैको अन्ध समर्थक र अन्ध विरोधी होइन। पुनश्च स् कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु मेरो मनसाय होइन।

काठमाडौं – धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं