Lite Nepal

सोमबार, आषाढ २७, २०७९

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले अब नेपालले कुनै मुलुक र अन्तरास्ट्रिय वित्तिय निकायबाट ऋण नलिने हो भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेतासँगको भेटमा प्रम देउवाले चिनबाट ऋण नलिने, अनुदानमात्र लिने भनेको समाचार सार्वजनिक भएको भन्दै उनले यदि यस्तो हो भने सरकारले केही कुरा स्पष्ट पार्न आवश्यक रहेको पनि बताएका छन् ।

फेसबुकमा लेख्दै उनले सरकारबाट यो प्रश्नको जवाफ माग गरेका हुन् । उनले यो विषयमा सरकारले स्पष्ट पार्नुपर्ने कुराहरूलाई बुँदाकै रूपमा उल्लेख पनि गरेका छन् ।

‘कसैसँग ऋण नलिएर देश बनाउने कुरा राम्रो हो । तर, के आज हामी त्यो अवस्थामा छौ ?’ उनले प्रश्न गर्दै लेखेका छन्, ‘भावना र आग्रहमा होईन यथार्थको जमिनमा टेकौ । नेपालले कुनै पनि शक्ति राष्ट्रको छाता ओड्दैन र भुराजनीतिक द्वन्द्वबाट टाढै रहन्छ । यसैमा हाम्रो स्वतन्त्र अस्तित्व रहन्छ ।’

सचिव भट्टराईले लेखेका बुँदाहरू यस्ता छन् ।
१. के अब नेपालले कुनै पनि मुलुक र अन्तरास्ट्रिय वित्तिय निकायबाट ऋण नलिने नीती लिएको हो ? होभने यो निती सरकारले हालै संसदमा पेश गरेको नीती तथा कार्यक्रममा किन नलेखेको ? यो नीती मन्त्रिपरिसदले पास गरेको हो भने आजसम्म किन सार्वजनिक जानकारी गराइएन ?

२. २०७८ असार २९ गते प्रम भएपछि शेरबहादुर देउवाको गएको एकबर्षको कार्यकालमा कुनै मुलुक र निकायबाट ऋण लिएको छ कि छैन ? लिएको भए चिनसँगमात्र ऋण नलिने नीती हो ? यो सरकारको ?

३. आजसम्म नेपालले लिएको अन्तरास्ट्रिय ऋणको अवस्था अब के हुन्छ ? ब्याज तिर्नु पर्दैन कि ? सबै अनुदानमा परिणत हुन्छन कि ? सरकारले स्पस्ट पार्नु पर्छ ।

४. सरकारले समान बिषयमा मुलुकै पिच्छे अलग अलग निती लिन मिल्छ ? कि राष्ट्रिय हित, असंलग्न र पञ्चशिल र पारस्पारिक लाभका आधारमा बैदेशिक सम्बन्ध कायम गर्ने होईन र ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं