Lite Nepal

सोमबार, आषाढ २७, २०७९

काठमाडौं – कांग्रेस नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफ्नो पछाडि सुराकी खटाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले सभापति देउवाले एकलौटी ढंगले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको बताएका हुन् ।

महाधिवेशन प्रतिनिधिको भावनाविपरीत पार्टी चलाएको उल्लेख गर्दै कोइरालाले भने, ‘महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत दिएका हुन् । सभापतिजीले ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाविपरीत प्रतिस्पर्धीलाई निरन्तर अन्याय गरिरहनुभएको छ ।
महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनु मात्र भएको छैन, मेरो पछाडि सुराकी खटाउनु भएको छ । स्थानीय चुनावमा पनि मेरो पछाडि सभापतिजीले खटाउनु भएका सुराकी थिए ।’

कोइरालाले कांग्रेस गठबन्धनको जगमा पहिलो पार्टी नबनेको पनि बताएका छन् । एक्लै लडेको ठाउँमा पार्टीले धेरै जितेको भन्दै उनले गठबन्धन नगर्दै फाइदा हुने बताए । उनले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा ठाउँठाउँमा गठबन्धन भए पनि एक्लै लडेको ठाउँमा पार्टीले धेरै जितेको छ । त्यसैमा पार्टीलाई फाइदा छ । जसरी अहिले गठबन्धनको जगमा कांग्रेस पहिलो पार्टी बनेको प्रचार गरिएको छ, यथार्थ त्यस्तो होइन । एक्लै लडेका ठाउँमा धेरै जितिएकाले कसरी गठबन्धनको जगमा पार्टी पहिलो बन्यो ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं