Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

काठमाडौं – बलुचिस्तानमा लगातारको वर्षाका कारण भएका विभिन्न घटनामा २४ बालबालिकासहित ६२ जनाको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले बोलान, क्वेटा, झोब, डक्की, खुजदार, कोहलु, केच, मस्तुङ, हर्नाई, किला सैफुल्लाह र सिबीमा सर्वसाधारणको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण प्रान्तका विभिन्न भाागमा भएका दुर्घटनामा ४८ जना घाइते भएका तथा छ सय ७० भन्दा बढी घर भत्किएका प्राधिकरणले बताएको छ ।

सोमबार पनि कराँचीको कोरङ्गी, सदर, निपा चौरङ्गी, पिपल्स चौरङ्गी, सुपरहाइवे र शहरका अन्य भागहरूमा भारी वर्षा भएको थियो भने केही भाग डुबानमा परेका छन् । डुबान क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । वर्षाकै कारण विद्युत् आपूर्तिका खम्बाबाट करेण्ट प्रवाह हुँदा तीन जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं