Lite Nepal

शनिबार, साउन २४, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक (नवौं तह) रितेश गुप्तालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले शनिबार गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको हो ।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत भैनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा सिन्धुली, कमलामाई नगरपालिका– ९ बाट उनी पक्राउ परेका हुन् ।

उक्त कार्यालयका चेक तथा सो सँग सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानाकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा