Lite Nepal

बिहिबार, आषाढ ३०, २०७९

ताप्लेजुङ – प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ नभए सशक्त आन्दोलन गर्ने लिम्बूवान, किराँत सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ। बिहीबार समितिले ताप्लेजुङ सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिचानका आधारमा नामाकरण नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

संयुक्त संघर्ष समितिका १६ घटकहरूले संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भएबमोजिम पहिचानमा आधारित प्रदेशका नामहरू सुनिश्चित हुनुपर्ने भएपनि त्यसको विपरित ७ वटा प्रदेशको नाम घोषणा भएकोमा विमति जनाएका हुन्।

किराँत याक्थुङ चुम्लुङको समन्वयमा आगामी साउन ५ गते विराटनगरमा बृहत प्रर्दशन गर्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङ्बोले जानकारी दिइन्।

‘विश्वभरिका आदिवासीहरू आज आ-आफ्नो पुख्र्यौली भूमि र त्यसको नामाङ्कनको लागि लडिरहेको सन्दर्भमा लामो समयदेखि हाम्रो भूमि लिम्बूवानको लागि निरन्तर लडिरहेका थियौं।’ विज्ञप्तीमा भनिएको छ-‘त्यसकारण वर्तमान अवस्थामा १४ जिल्ला रहेको प्रदेश १ को भौगोलिक अवस्था, सामाजिक र सांस्कृतिक र ऐतिहाँसिक पृष्ठभूमी एवम पहिचानका आधारमा लिम्बूवान किराँत उपयुक्त भएको ठहर गर्दै ……मुख्यमन्त्री समक्ष मोर्चाले ज्ञापनपत्र बुझाइसकेका छौँ। हाम्रो आन्दोलन जारी छ।’

नामाकरणका विषयमा पहिचानवादी सवै एकजुट भएर लाग्न समेत जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष कृतिमान मादेनले आह्वान गरे। (अन्नपूर्णबाट)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं