Lite Nepal

शनिबार, आषाढ ३२, २०७९

काठमाडौं – नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन शाहलाई घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन् ।

केही दिनअघि आफ्नो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।

‘मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन । घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कही पु¥याउँदैन’, स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन । मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ । ऊ भरिभराउ भएर आएको थियो ।’

स्थापितका अनुसार मेयर शाह मिडियाका लागि भेट्न आएको जस्तो देखिन्थे । ‘यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो । यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु । मैले उसलाई सबैभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं