Lite Nepal

आइतबार, साउन ०१, २०७९

काठमाडौं– यदि तपाईँले हवाइजहाजबाट यात्रा गर्नु भएको छ भने यात्राको क्रममा चिया–कफी अवश्य पनि पिउनु भएको होला । तर के तपाईँलाई थाहा छ, यात्राको क्रममा क्याबिन क्रू तथा एयरहोस्टेसहरुले कहिले पनि चिया अथवा कफी पिउँदैनन् ? फ्लाइटमा क्रू मेम्बरहरु तथा एयरहोस्टेसले चिया–कफी नखाने कारण थाहा पाएपछि तपाईँ पनि फ्लाइटमा चिया अथवा कफी पिउनु अगाडि एक पटक अवश्य सोच्नु हुनेछ ।

अमेरिकी एयरहोस्टेस सिएरा मिस्टले इन्स्टाग्राममा अपलोड गरेको एउटा भिडियोमा हवाइ जहाजका क्रू मेम्बरहरु फ्लाइटमा राखिएको पानी ट्याङ्कीको प्रयोग गर्नबाट बच्न खोज्छन् । उनी भन्छिन् – ‘म तपाईँहरुलाई फ्लाइटसंग सम्बन्धित गोप्य कुरा बताउँछु । यसबारेमा तपाईँलाई थाहा छैन भन्ने कुरामा बाजी लगाउन पनि सक्छु ।’

‘अत्यन्त आवश्यक नभई हामी अर्थात क्रु मेम्बरहरु फ्लाइटको चिया अथवा कफी पिउँदैनौं, किनभने चिया अथवा कफी बनाउनका लागि जुन ट्याङ्कीबाट पानी आउँछ, त्यो ट्याङ्की कहिले सफा गरिएको हुँदैन’, सिएराका अनुसार एयरलाइन्स कम्पनीले समय–समयमा पानीको परीक्षण त गर्छन्, तर जब पानीमा केहि भेटिँदैन, तब उनीहरु ट्याङ्की सफा गर्दैनन् ।

त्यस्तै सिएराले फ्लाइटको अर्को गोप्य कुरा पनि बताइन् । उडानको क्रममा सबै एयरहोस्टेस सनस्क्रीन अनिवार्य रुपमा लगाउने गर्छन् । यस्तो किन ? भन्ने प्रश्नको जबाफमा सिएरा भन्छिन् – ‘हामी उडानको क्रममा दिनहुँ जमिनबाट ३५ हजार फीट उचाईमा पुगेका हुन्छौँ । फ्लाइट ओजोन लेयरको अत्यन्त नजिकबाट उडेको हुन्छ । त्यस्तो स्थितिमा ओजोन रेडिएसनको खतरा बढ्छ । हेल्थ इन्सुरेन्स कम्पनीहरुले क्रू मेम्बरलाई एस्ट्रोनट तथा रेडियोलोजिस्टको श्रेणीमा राख्छन् ।’

यी कुराहरुको जानकारी दिने एयरहोस्टेससिएरा मिस्ट सामाजिक सञ्जालमा अति नै सक्रिय छिन् । उनको टिकटक एकाउन्टलाई ३१ लाखले फलो गरेका छन् भने इन्टाग्राममा १ लाख ३० हजारले फलो गरेका छन् । उनी प्रायः फ्लाईट र आफ्नो कामसंग सम्बन्धित जानकारीहरु शेयर गरिरहेकी हुन्छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं