Lite Nepal

शुक्रबार, साउन ०६, २०७९

काठमाडौं – अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन् ।

सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन् । उनले प्याक्सलोभिड र एन्टिभाइरल औषधि सेवन गर्न थालेका छन् । सिँगान बग्ने, बेलाबेलामा सुक्खा खोकी लाग्ने र केही थकान महसुस उनले गरेका छन् ।

उनले आफ्नो स्वास्थ्य ठीक रहेको तथा आफूप्रति दर्शाएको चासो र चिन्ताका निम्ति ट्विटरमार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं