Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । विराटनगरमा एउटै वडाका ११ जनासहित २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शनिबारराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिका–९ का ११ जनामा संक्रमण देखिएको छ । विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ । एक जनाको वडा खुलाइएको छैन ।

विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चार जनामा पनि कोरोना देखिएको छ । २२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या दुई सय ७८ पुगेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । विराटनगरमा शनिबार दिउँसो ३३ जना संक्रमित थपिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं