Lite Nepal

आइतबार, साउन ०८, २०७९

विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए ।

उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् ।

उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए । उनले मुख्यमन्त्रीदेखि सांसदसम्म संसददेखि घर–घर र बाटो–बाटोमा घेराबन्दीमा परेको बताए । आफूहरु लुक्दै हिड्नुपर्ने अवस्था आएकोले बचाउन आग्रह गरे ।

कुनै समुहले प्रदेशको नाम कोशी नराखे पहिचानवादी, जनजाती शुन्य बनाउने अनि कुनै समुहले किराँत लिम्बुवान नाम नराखे अर्को चुनावमा कोशीमा बगाइदिन्छौं भन्ने ढंगले घेराबन्दीमा परिरहेका छौं ।

‘प्रदेशको नामांकनको विषयलाई लिएर सडकमा आन्दोलन भइरहेका छन्,’ उनले पार्टीदेखि बाहिरी समुहहरुबाट धम्की आइरहेको बताउँदै भने, ‘यो खतरामा हामीलाई बचाउनुपर्यो भन्ने निवेदन गर्न चाहन्छु ।’

उनले आफूहरुलाई बलिको बोका बन्नबाट जोगाउनको लागि प्रदेशको नामांकनको सवालमा गोप्य मतदान गराउन वा जनमत संग्रह गर्न माग गरे । लाइन लागेर हस्ताक्षर गर्दा सबैले थाहा पाउने र ज्यानको जोखिममा पर्ने भएकोले प्रदेश सभा नियमावलीमा संशोधन गरेर भएपनि गोप्य मतदानको व्यवस्था गर्न माग गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं