योगेशको टिकट पर्खँदै ताप्लेजुङमा सत्ता गठवन्धन

योगेशले टिकट पाए माओवादीलाई दिने, नपाए कांग्रेसले लिने

Lite Nepal

आइतबार, आश्विन ०२, २०७९

ताप्लेजुङ – सत्ता गठवन्धन दलहरूले अन्य जिल्लामा सिट बाँडफाँट टुंग्याए पनि ताप्लेजुङमा भने सकेनन् । कारण थियो – ‘नेकपा एमालेका सचिव योगेश भट्टराईको जिल्ला ।’

यस अघिको चुनावमा प्रतिनिधिसभा निर्वाचनमा राम्रो मत ल्याएर विजयी बनेका योगेशको यसपटक पनि उठ्ने तयारी छ । जिल्लाबाट सिफारिस भएर पनि आएका छन् । एमालेले टिकटको प्रकृया टुंग्याउन बाँकि नै छ । यसकै कारण ताप्लेजुङमा पनि सत्ता गठवन्धन दल अलमतमा परेका हुन् ।

एमालेको राम्रो पकड भएको ताप्लेजुङमा नेपाली कांग्रेस योगेशले टिकट नपाए मात्रै आफ्नो उम्मेदवारलाई टिकट दिने सोचमा छ । नत्र, मात्रै माओवादीलाई टिकट दिने कांग्रेसको तयारी रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

कांग्रेसका एक केन्द्रीय नेता भन्छन्, ‘योगेशले टिकट पाए जित्छन् । यो अवस्थामा कांग्रेसले हराउन आफ्नो उम्मेदवार उठाउँदैन । योगेशले टिकट पाए माओवादीलाई यो जिल्ला दिने हो । यदि टिकट पाएनन् भने मात्रै कांग्रेसले आफ्नो उम्मेदवार खडा गर्नेछ ।’

अहिले नेपाली कांग्रेस र माओवादी ताप्लेजुङका नेता काठमाडौंमा छन् । काग्रेसको आन्तरिक तयारी योगेश नउठे मात्रै ताप्लेजुङ आफ्नो भागमा पर्ने भए पनि माओवादीका जिल्ला स्तरिय नेता भने जुनै अवस्थामा भए पनि आपूmहरूले टिकट पाउनुपर्ने ढिटमा देखिन्छन् । यसले पनि जिल्लामा सत्ता गठबन्धन भित्र खटपट देखिएको थियो । तर, निर्णय काग्रेसको हातमा भएकाले ताप्लेजुङको सन्दर्भमा भने अहिले पर्ख र हेरको अवस्थामा रहेको कांग्रेश नेता बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा