Lite Nepal

सोमबार, आश्विन ०३, २०७९

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् । शनिबार राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उनले आइतबर आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेका हुन् ।

‘सांसद निर्वाचित भएपछि उहाँले प्रयोग गर्नु भएको रातो पासपोर्ट, संसदको लोगोसहित संसद् सचिवालयमा बरबुजारत गर्नु पर्ने सबै सामग्रीहरू आजकै मितिमा फिर्ता गर्नु भएको छ’, उनको सचिवालयले भनेको छ ।

भट्टराई २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट २९ हजार ४७९ मत प्राप्त गरी विजयी बनेका थिए । उनले सांसदको हैसियतमा पाएको रातो पासपोर्ट समेत फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं