काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त सबै सामग्री फिर्ता गरेका छन् । शनिबार राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि उनले आइतबर आफूले सांसदको हैसियतमा प्राप्त गरेको सबै सामग्री फिर्ता गरेका हुन् ।
‘सांसद निर्वाचित भएपछि उहाँले प्रयोग गर्नु भएको रातो पासपोर्ट, संसदको लोगोसहित संसद् सचिवालयमा बरबुजारत गर्नु पर्ने सबै सामग्रीहरू आजकै मितिमा फिर्ता गर्नु भएको छ’, उनको सचिवालयले भनेको छ ।
भट्टराई २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट २९ हजार ४७९ मत प्राप्त गरी विजयी बनेका थिए । उनले सांसदको हैसियतमा पाएको रातो पासपोर्ट समेत फिर्ता गरेको उनको सचिवालयले जनाएको छ ।