Lite Nepal

आइतबार, आश्विन ०९, २०७९

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।

संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।

बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।

नामावली हेर्न तलको लिंकमा क्लि गर्नुहोस् ।

https://drive.google.com/file/d/1XRqIA00AfKJ3NT2F7LmrZYNumUyXBqeD/view

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं