Lite Nepal

आइतबार, साउन २५, २०७७

काठमाडौं । टोखा नगरपालिका १० मा हत्या गरेर फालिएका एक पुरुषको शव टुक्रा टुक्रा अवस्थामा फेला परेको छ।

अन्दाजी ४५ वर्षका ती पुरुषको शव खुट्टा र टाउको छिनाएको अवस्थामा भिन्दाभिन्दै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता राजकुमार केसीले जानकारी दिए। उनका अनुसार टाउको र खुट्टा जेब्रा झोलामा भेटिएको छ भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको हो।

स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी अधिकारी अनुसन्धानमा जुटेका छन्। शवको प्रकृति हेर्दा गएराति हत्या गरेर फालिएको देखिएको प्रहरीले जनाएको छ।

शवको अहिलेसम्म पहिचान हुन सकेको छैन। घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव पठाउने तयारी भइरहेको परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं