Lite Nepal

शुक्रबार, पुष २२, २०७९

काठमाडौ – यातायात कार्यालय तथा क्षम कार्यालयमा पसी सेवाग्राीलाई अनावस्यक दुख दिने विचौलीयालाई प्रहरीले प्रक्राउ गरेको छ । सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमा दलाल तथा विचौलीयाले दुख दिने गरेको सुचना आएपछि प्रहरीले टोली नै खटाएर विचौलिया प्रक्राउ गर्न शुरु गरेको हो ।

प्रहरी परिसर काठमाडौका प्रबक्ता दिनेसराज मैनालीका अनुसार सेवाग्राहीलाई अनुचित प्रभाव पार्ने, कामको विषयमा भ्रम फैलाउने, छिटो हुने काम पनि हुन्न भन्दै त्रास उत्पन्न गराउने विचौलीयाहरु प्रहरीको फन्दामा परेका छन् । मैनाली भन्छन्, यातायात व्यवस्था कार्यालय एकान्तकुना, गर्जुधारा, ठुलो भ¥याङ तथा चावहिलमा विहिवार विहानैदेखी प्रहरीको टोली खटिएको थियो । यसैक्रममा गलत स्वास्थ्य रिपोर्ट बनाउने, छिटो काम गरिदिन्छौ भन्ने, हाकीम चिनेको छ भन्दै अनावस्यक दुख दिने विचौलीया प्रक्राउ परेका हुन् ।

सरकारी कार्यालयलाई विचौलीया मुक्त बनाउन प्रहरी परिसरले अपरेसन नै शुरु गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विचौलीयालाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रबक्ता मैनालीका अनुसार यातायात कार्यालयबाट २६ जना र श्रम कार्यालय ताहाचलबाट १४ जना विचौलीया प्रक्राउ परेका हुन् । मंगलबार पनि यातायात कार्यालयबाट ७ जना विचौलीया प्रक्राउ परेका थिए ।

यातायात कार्यालयमा मोटरसाइकलको कर तिर्ने, नामसारी गर्ने, इम्बोस्ड नम्बर प्लेट जडान लगायतका काममा सहजीकरण गर्ने भन्दै उनीहरुले सेवाग्राहीलाई ठगी गर्ने गरेका थिए ।
अनुगमनको लागी श्रम कार्यालय ताहाचल पुगेको प्रहरी टोलीले विहिवार दिउस कार्यालय पसिसरबाट १४ जना विचौलीया प्रक्राउ गरेको छ । श्रम स्विकृति लिने, भिषाका कागजात मिलाउने लगायतका अनेक काम लिएर श्रम कार्यालय पुगेका सेवाग्राहीलाई अनेक झमेलामा फसाउने गरेको मैनालीले बताए ।

प्रहरी परिसर काठमाडौका प्रमुख भरत बोहोराका अनुसार सेवाग्राहीको बाक्लो उपस्थिती हुने यातायात कार्यालय, श्रम कार्यालय, राहदानी विभाग, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासान कार्यालयमा सिभिल ड्रेसमा प्रहरी टोली खटाएर अप्रेसन शुरु गरिएको हो । विचौलीयाकै कारण सेवाग्राहिले दुख पाएका, ्बढि रकम खर्च भएको, रकम हिनामिना भएको सुन्नमा आएकाले अपरेसन शुरु गरिएको हो । अव निरन्तर रुपमा विचौलीया नियन्त्रणमा लिइने बोहोराले जानकारी दिए ।

प्रक्राउ परेका व्यक्तिलाई कसुर अनुसार मुद्धा चलाइनेछ । रकम सहित भेटिएकालाई ठगी मुद्धा तथा अन्यलाई अभ्रद व्यवहारमा कारवाही हुनेछ । अभ्रद व्यवहारमा २५ दिनसम्म हिरासतमा राख्न सकिने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं