Lite Nepal

आइतबार, साउन २५, २०७७

विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका छन् । मोरङमा २९, सुनसरीमा छ र झापामा पाँचजना नयाँ संक्रमित थपिएका हुन् । प्रदेश १ मा आइतबार एक हजार एक सय आठजनाको पीसीआर परीक्षण गरिएकोमा १३ महिला र २७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

मोरङको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा एक महिला दुई पुरुष, इटहरीमा एक महिला एक पुरुष, बर्जुमा एक पुरुष, झापाको बाह्रदशीमा एक महिला एक पुरुष, अर्जुनधारा दुई र दमकमा १ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमितको संख्या एक हजार चार सय २३ पुगेको छ । प्रदेशभर हालसम्म ५३ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा। सुरेश मेहताले बताए ।

प्रदेश १ मा आइतबार पाँचजना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका तीन, उदयपुर र सुनसरीका एक÷एक जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं