Lite Nepal

शनिबार, चैत्र ११, २०७९

विराटनगर – माओवादी केन्द्रले कोशी प्रदेश सरकार तत्काल नछाड्ने भएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा तत्काल सरकार नछाड्ने बताएका हुन् ।

नेकपा माओवादी केन्द्रले एमालेले नेतृत्व गरेकको गण्डकी प्रदेश सरकार छाडिसकेको छ । लुम्बिनीमा पनि हालसम्म छाडेको छैन ।

नेता आङ्बो भने कोशी प्रदेशको अवस्था अन्य प्रदेशको भन्दा फरक रहेकाले तत्काल सरकार नछाड्ने बताउँछन् । उनले प्रदेशमा नयाँ सत्ता समीकरणका विषयमा केन्द्रबाट निर्देशन पनि नआएको बताए । ‘प्रदेशमा अहिले माओवादीले समर्थन गरेको सरकार छ,’ उनले भने, ‘नयाँ समीकरणका विषयमा केन्द्रबाट निर्देशन आएको छैन ।’ सभामुखले राजीनामा दिने र मध्यावधि निर्वाचन हुने अवस्था नरहेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ । प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं