Lite Nepal

शुक्रबार, बैशाख ०१, २०८०

काठमाडाैं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोडी तिनको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिमा आग्रह गर्नुभएको छ ।

नयाँ वर्ष २०८० का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले समयको गतिसँगै प्राप्त अवसर सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिने बताउनुभएको छ ।

नयाँ दशकसमेतको प्रारम्भका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँको सन्देशमा भनिएको छ, “विगतका दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण ग¥यौँ । दशकको मध्यतिर हासिल गरिएको सात प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहे पनि कोभिड–१९ महामारीलगायत कारणले त्यसलाई निरन्तरता दिन सकिएन । हाम्रो सामु आज युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीका निम्ति अवसर सिर्जना गर्ने तथा कृषि, शिक्षा र नवप्रवत्र्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं