Lite Nepal

मंगलबार, बैशाख १२, २०८०

काठमाडौं – सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीका दुई कर्मचारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

फ्लाइ दुबईको जहाजको इन्जिनमा खराबी आएको भन्दै पाइलटले एटीसीलाई जानकारी गराएका थिए । तर, फ्लाइ दुबईले भने ट्वीट गर्दै सम्भवतः चरा ठोक्किएको हुन सक्ने बताएको थियो । प्राधिकरणले भने भौतिक रुपमा गरेको निरिक्षणबाट चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको बताएको छ ।

प्राधिकरणले भ्रमपूर्ण समाचार फैलाएको भन्दै फ्लाइ दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्ट पास निष्कृय पार्ने निर्णय गरेको जनाएको छ । यससँगै उनीहरुले विमानस्थल भित्र प्रवेश पाउने छैनन् ।

प्राधिकरणका अनुसार सोमबार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगो देखिएको हो भन्नेबारे संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणबाट जानकारी लिने छ । किनकि फ्लाइ दुबई सोही मुलुकमा दर्ता भएका कारण नेपालको नियामक निकायले सो कम्पनीबारे अनुसन्धान गर्दैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं