Lite Nepal

सोमबार, साउन २६, २०७७

विराटनगर । माछा मार्ने क्रममा डुबेर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस्दै आएका भुटानी शरणार्थी ६३ वर्षीय डम्बरसिंह राईको मृत्यु भएको छ। पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए।

साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए। हातमा माछा मार्ने जालको डोरी अड्किएको र लगभग आठ फिट जति गहिरो दहमा डुबेको अवस्थामा पथरीशनिश्चरे–१० स्थित डाँस खोलामा राईको शव भेटिएको गिरीको भनाइ छ।

माछालाई हानेको जाल अड्किएको र तान्न खोज्दा दहतिरै हुत्तिएर परेपछि डुबेर मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं