Lite Nepal

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार र रङमा २०८२ साल लेखिएको ५० रुपैयाँको नोट असोज २ गतेदेखि प्रचलनमा ल्याएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको जानकारी दिएको हो। नयाँ नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नयाँ नोटको अग्रभागको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनि ‘५०’ अङ्क पनि राखिएको राष्ट्र बैंकले जनाएको छ। नोटको तल्लो भागमा नेपालीमा ‘वि.सं. २०८२’ लेखिएको छ।

नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षण धागोसमेत राखिएको छ। नोटलाई प्रकाशतर्फ पारेर हेर्दा उक्त सुरक्षण धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘एनआरबी’ लेखिएको हुनेछ।

नोटको पृष्ठभागको मध्य भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। पृष्ठभागको तल्लो भागमा अंग्रेजीमा ‘रुपिज फिफ्टी’ र ‘२०२५ एडी’ लेखिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटको सङ्केत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहनेछ।

राष्ट्र बैंकले बैंकनोटलाई राष्ट्रको सम्पत्तिका रूपमा जतन गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। नयाँ नोटसम्बन्धी सूचनामा पनि ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौं’ भन्ने सन्देश दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं