काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।