Lite Nepal

शनिबार, फाल्गुण २६, २०८०

काठमाडौं । सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो ।

लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले उनीहरुलाई सहिदको सूचीमा समावेश गरेको हो । गत पुस २४ गतेको निर्णय भन्दै फागुन २४ मा थप गरिएका सहिदको सूची राजपत्रमा प्रकाशन गरिएको छ ।

थपिएका सहिदमध्ये थपिएकामध्ये सबैभन्दा बढी रोल्पाका छन् । रोल्पामा मात्रै ३ सय ६९ जना सहिद थपिएका छन् । त्यस्तै कालिकोटका १७१, काभ्रेका १६८, जाजरकोटका १६५, बर्दियाका १३३, बाँकेका १०१, दाङका १००, कैलाली ९० रुकुम पूर्वका ७०, पाँचथरका ७०, रुकुमपश्चिमका ६९ र धादिङका ५५ जना सहिद थपिएका छन् ।

सहिदबारे राजनीतिक रुपमा विवाद हुँदै आएको छ । उनीहरुमध्ये अधिकांशले २०५८ साल यता सहादत प्राप्त गरेको सरकारको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं