Lite Nepal

मंगलबार, आषाढ ०४, २०८१

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ ।

सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए।

सोमबार गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट वाञ्चित हुन नपर्ने बताए ।

कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको थियो ।

वडावासीको चाहना बमोजिम सर्पदंश उपचार निःशुल्क गरिएको उनको भनाई छ ।

सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले अध्यक्ष विष्टले गरेको निर्णय निक्कै सकारात्मक भएको बताउँदै अन्य वडाले पनि यसबाट सिक्नुपर्ने धारणा राखे। वडा नम्बर ३ मा झण्डै १३ हजार मानिस बसोबास गर्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं