Lite Nepal

बुधबार, आषाढ १२, २०८१

काठमाडौं– सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कको विवरण मागेको छ ।

बुधबार बैठक बसेर सहकारी छानबिन विशेष समितिले मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको समिति सदस्य बद्री पाण्डेले बताए । बैठकले ९ वटा सहकारीका कागजात र गोरखा मिडियाको विवरण मागेको पाण्डेले खबरहबलाई बताए ।

आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार पूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह लिएको उनको भनाइ छ ।

सहकारी छानबिन विशेष समितिले समस्याग्रस्त २९ सहकारी संस्थाहरूको छानबिन गरिरहेको छ ।

उसले सहकारी बोर्ड, सहकारी विभाग, कानुन मन्त्रालय र सहकारी मन्त्री लगायत निकायसँग छलफल गरिरहेको छ । यस्तै प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो सीआईबीसँग पनि छलफल गर्ने लागेको छ ।

अनुसूची २ मा रहेका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइडियल यमुना बहुउद्देश्यीय संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरूको कागजात झिकाउने निर्णय भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा