Lite Nepal

बुधबार, आषाढ २६, २०८१

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ तारकेश्वर समितिले एसईई उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो भन्ने सोच सबैले आत्मसात गरेर अगाडि बढे नेपालमा ठूलो आर्थिक परिवर्तन हुने पनि जिकिर गरे ।

‘अहिले बनेको कांग्रेस–एमालेको नयाँ समीकरण स्थिरताका लागि बनेको हो । यो समीकरणबाट निर्माण हुने सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने छ,’ उनले भने ।

नेपालजस्तो हरेक कुरामा राम्रो सम्भावना भएको देश संसारमा अर्को भेट्टाउन नसकिने भन्दै महतले देखासिकीमा लागेर देश नछोड्न पनि युवा विद्यार्थीहरूलाई आग्रह गरे ।

प्रवक्ता महतले बाहिरी झिलिमिली देखेर विदेशिने विद्यार्थीहरू विदेशमा पुगेर निकै अप्ठ्यारोमा पर्ने गरेको अर्थात आफूले प्रत्यक्ष देखेको भन्दै विदेश जाने मानसिकता त्यागेर देशमै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पनि आग्रह गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं