Lite Nepal

शुक्रबार, आषाढ २८, २०८१

काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।

सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

“गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं