Lite Nepal

बुधबार, साउन २८, २०७७

काठमाडाैं । काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भाेलि बिहीबारदेखि सवारी पास जारी नगर्न भनेकाे हाे।

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए।

गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेकाे थियाे। अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्याे।

तर गृहले अर्काे व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न भनेकाे हाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं