Lite Nepal

शुक्रबार, माघ ११, २०८१

अछाम । भारतको महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा परी एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमुको उक्त दुर्घटनामा ज्यान गएको हो ।

यस्तै अछामकै कलबजार नगरपालिका-४ चाल्साकी ६० वर्षीया जयकला कामीको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ । कुल १३ जनाको मृत्यु भएकामा अछामका ४ सहित ७ जना नेपाली रहेका छन् ।

मृतक अन्य नेपालीहरूमा कैलालीको मोहन्याल गाउँपालिका-६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, डुडुवा बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

बुधबार साँझ उत्तरप्रदेशको लखनउबाट मुम्बइतर्फ गइरहेको पुष्पक एक्सप्रेसको रेलको एउटा डब्बामा आगो लागेको झुटो हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू हामफाल्दा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किचेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं