Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

विराटनगर। जेन्जी आन्दोलनका क्रममा बाल सुधार गृह विराटनगरबाट फरार भएका एक जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि बाल सुधार गृह विराटनगरमा थुनामा रहेका मोरङको विराटनगर महानगरपालिका–५ निवासी पवन पासवान २०८२ भदौ २५ गते जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए।

फरार पासवानको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई विराटनगर महानगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा आज (सोमवार) पक्राउ गरेको हो।

पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक प्रक्रिया पूरा गरी पुनः बाल सुधार गृह विराटनगर पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं