Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । जर्मन फुटबल क्लब आर.बी लेप्जीग युरोर्पिन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको क्वाटरफाईनल खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई २–१ ले हराउँदै लेप्जीग सेमिफाईनलमा उक्लिएको हो ।

खेलमा लेप्जीगका लागि ड्यानियल ओल्माने र टाईलर एडम्सले एक एक गोल गरे । पराजित टोली एथ्लेटिकोका हुवाँ फेलिक्सले पेनाल्टीमर्फत एक गोल फर्काएका थिए ।

लेप्जीगले अब सेमिफाईनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)को सामना गर्नेछ । हिजोको भएको क्वाटरफाईनलमा इटालीको एटलान्टालाई २–१ ले हराउँदै पिएसजी अन्तिम चारमा उक्लिएको थियो ।

युएफा च्याम्पियन्स लिग फुटबलको तेस्रो क्वाटरफाईनल खेलमा आज राति दुई उपाधि दावेदार टोलीहरु जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोना आमने सामने हुँदैछन् ।

अन्तिम क्वाटरफाइनल खेल भोलि राती इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र फ्रान्सको ओलम्पिक लियोंबिच हुनेछ । एजेन्सी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं