Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

कालिकोट । कालिकोटको महाँवै गाउँपालिका ३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यू भएको छ । महाँवै गाँउपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए ।

उनका अनुसार गएराती महाँवै गाँउपालिका वडा नं। ३ का वडा सदस्य रजबहादुर बिष्टको घरमा तिजको नाचगान गरिरहेकाद बेला पहिरो खस्दा रजबहादुर बिष्टका छोरा बर्ष १३ का पुष्प बिष्ट, बर्ष ११ को प्रबिण बिष्ट, बर्ष १८ की सबिना बिष्ट, बर्ष १५ कि आशा बिष्ट र रजबहादुरका दाई डिलबहादुर बिष्टकी छोरी बर्ष १९ की कान्ती बिष्ट, बर्ष १० की रेखा बिष्टको पहिरोमा परी मृत्यू भएको हो । उनीहरुको शब शुक्रबार बिहान पादमघाट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानियको सहयोगमा निकाली सनाखद गरिएको उनले बताए ।

यस्तै जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं। १ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाईते भएका छन् । पहिरोले ७० बर्षका नरबहादुर बिष्टको घर पुरै पुरिएको छ । घर पुरिदा नरबहादुर बिष्ट र नीजको नाती रतन बिष्ट घाईते भएका छन् ।

घाईते मध्य नरबहादुर बिष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवैको स्थानिय कोट्बाडा स्वास्थ्थ्य चौकीमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं