Lite Nepal

मंगलबार, माघ २२, २०८१

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र केही फोटोहरू भाइरल छन् । भिडियो र फोटोमा हेर्दा मध्यरात देखिन्छ । एम्बुलेन्समा कोही रोइरहेको आवाज सुनिन्छ । अनि, एम्बुलेन्स दौडने सडकमा ढलेका रुख छन् । घटना मंगलबार विहानको राती करिब २ बजेको भएको बताइएको छ ।

पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरी–गोपेटार सडक खण्डमा मंगलबार विहानको राति रुख ढालेर सडक अवरोध गरेका हुन् ।

सडक अवरोधका कारण हिलिहाङ–२ को सिंहापुरदेखि सदरमुकाम फिदिम लैजाँदै गरेकी १८ वर्षीय कल्पना जोगीसहितका बिरामीको बिचल्ली भयो ।

रातको २ बजे बिरामी लिएर जाँदै गरेका चालक नुपु शेर्पाले बाटोमा रुख ढलेको भेटिएपछि बिहानसम्मै एम्बुलेन्स बाटैमा रोकिएको बताए । एम्बुलेन्स चालक शेर्पाले रुख ढलेको र एम्बुलेन्समा बिरामी चिच्याइरहेको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

चारवटा रुख ढालेर बाटो अवरुद्व गरिएकाले सुत्केरी व्यथाले चापेकी ती महिलालाई पुनः गोपेटार फर्काइएको छ । अवस्था केही जटिल रहेकाले गोपेटारमा बिहानसम्म पनि प्रसुति गराउन नसकिएको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् ।

 

बन्दकर्ताले सुनेनन् बिरामीको कारुणिक चित्कार (भिडियोसहित)

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं