Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार २०८३ साउन १ गतदेखि भदौ मसान्तसम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरिएको हो । श्रम स्वीकृति लिनेमा एक लाख १२ हजार ३१५ जना पुरुष र १८ हजार १६८ जना महिला छन् ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पाँच हजार ५९९ ले कम रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा श्रम स्वीकृति लिनेको संख्या ४.११ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार २०८३ साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए । २०८२ साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा कुल एक लाख १७ हजार ६८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं