Lite Nepal

शनिबार, साउन ३१, २०७७

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा बार्सिलोनाले बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोरेको छ। शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ को लज्जास्पद हार चखाएको हो।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई तथा इभान पेरिसिक, सर्ज ग्रन्बी, रोबर्ट लेवान्डोस्की र जोसुआ किमिचले बायर्नका लागि एक एक गोल गरे।

बार्सिलोनाको लुइस सुआरेजले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो।

चौथो मिनेटमा मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो। लगत्तै डेबिड अलाबाकाे आत्मघाति गोल गरेपछि खेल १-१ को स्थितिमा पुगेको थियो।

२१ औं मिनेटमा इभान पेरिसिकले पुन: बायर्नलाई अग्रता दिलाए। त्यसको पाँच मिनेट नबित्दै सर्ज ग्रन्बीले र ३१औं मिनेटमा मुलरले गोल गर्दै पहिलो हाफमा बायर्नलाई ४-१ को अग्रता दिलाए।

५७ औ मिनेटमा बार्सिलोनाका सुआरेजले गोल गर्दै खेल ४–२ मा झारे। त्यसपछि बायर्नले लगातार चार गोल गर्यो।

जोसुआ किमिचले ६३ औ, रोबर्ट लेवान्डोस्कीले ८२औं र कौटिन्होले ८५ र ८९औं मिनेटमा गोल गर्दै बायर्नलाई सेमिफाइनलमा पुर्‍याए।

बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं