Lite Nepal

बुधबार, फाल्गुण १४, २०८१

इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा गए राति आगलागी भएको छ । आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो भने आगलागीको कारण खुल्न सकेको छैन ।

यस चिया उद्योगका सञ्चालक शरद सुब्बा केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टि मेकर’ घोषित हुनुभएको थियो ।

यस उद्योगबाट ‘स्पेसल टी’ उत्पादन हुँदै आएको थियो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं