Lite Nepal

सोमबार, आश्विन १९, २०८३
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने दाबी गरेका छन्।  सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले सात दशकदेखि समाधान हुन नसकेको भूमिहीनको समस्या अब परिणाममुखी ढंगले अघि बढाइएको बताएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म देशभरबाट १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिरहेको उनले बताए।

उनले वर्तमान सरकार गठन भएयता ५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण गरिएको दाबी गरेका छन्। स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको उनको भनाइ छ।

भूमि समस्या समाधानका नाममा विगतका आयोग तथा संरचनामा २०७७ सालदेखि गत वर्षसम्म २ अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि अपेक्षित परिणाम आउन नसकेको शाहले बताएका छन्।

अब राजनीतिक भागबन्डाभन्दा विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा काम अघि बढाइने उनले बताए।

सार्वजनिक तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका भूमिहीनलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने र झुटो विवरण दिएर भूमिहीन बनेकाहरूलाई कानुनी कारबाही गर्ने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्री शाहको भनाइ छ। उनले जिल्लागत रूपमा समस्या समाधान गर्दै क्रमशः ‘सुकुम्बासी समस्यामुक्त जिल्ला’ घोषणा गर्ने लक्ष्यसहित सरकार अघि बढेको बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं