आज कुन देशको मुद्राको विनिमय दर कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

‘चिया पिउनु भयो त ?’

आजकल चिया केवल पेय पदार्थ होइन — यो एउटा भावना हो, एउटा बहाना हो, र कतिपयका लागि त जीवनको लय नै हो । बिहान आँखा खुल्नेबित्तिकै ‘चिया खाउँ ?’ भन्ने प्रश्नबाट सुरु हुने दिन बेलुकीसम्म आइपुग्दा ‘अब, एक कप चिया खाएर जाउँ न !’ भन्ने निम्तोमा टुंगिन्छ । अझ पछिल्लो समय त चियाले डिजिटल दुनियाँसम्म […]

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको […]

वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्री प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षेनी दोहोरिने बाढी जोखिमलाई मध्यनजर गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरेका हुन्। प्रधानमन्त्री शाहले हरेक वर्षको वर्षायाममा नदी किनारका बस्तीमा […]

भोटखोलाका १००० बढी नागरिकले लिए सीमापास

किमाथांका (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथांका नाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथांका नाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ […]

६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ । कार्यालयले मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै र २०२५ का केही सवारी अनुमति पत्र (लाइसेन्स) वितरण सुरु गरेको र बिहीबारसम्म जम्मा तीन हजार सवारी अनुमति पत्र […]

विराटनगरमा फुटपाथ अतिक्रमण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन हुने

काठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा देखिएको अव्यवस्थित अतिक्रमण नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। सडक पेटीको व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित महानगरले कडाइका साथ नियम कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरोकारवाला निकायहरूसँग भएको समन्वय बैठकले आगामी वैशाख ११ गतेदेखि मुख्य बजार क्षेत्र तथा आसपासका क्षेत्रमा फुटपाथ व्यवस्थापनसम्बन्धी नियम कडाइका साथ लागू गर्ने […]

झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन

झापा । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ । पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो […]

त्रिभुवन विमानस्थलको उडान समय घटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान तथा सञ्चालन समय अस्थायी रूपमा घटाइएको छ। विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो। नयाँ व्यवस्थाअनुसार विमानस्थल अब राति ११:४५ बजे बन्द हुनेछ भने बिहान ६:३० बजे मात्र पुन: सञ्चालनमा आउनेछ। यसअघि विमानस्थल राति १ बजेसम्म खुला […]

कोशी प्रदेशको यातायात कार्यालयमा डिजिटल प्रणाली लागू

कमठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले अनलाइन भुक्तानी तथा टोकन प्रणालीको शुभारम्भ गरे। यससँगै यातायात सेवा प्रक्रियामा डिजिटल माध्यमको प्रयोग सुरु भएको हो। नयाँ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं